काठमाडौँ —राष्ट्रिय क्रिकेट खेलाडी मनिष थापाको बिहिबार बिहान १ बजेको आसपास भएको मोटरसाइकल दुर्घटनामा निधन भएको छ।
प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकलमा उनी विराटनगर–४ स्थित भित्री सडकखण्डको एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा मोटरसाइकल अनियन्त्रित भै दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते विराटनगर महानगरपालिका–५ का स्थायी निवासी २७ वर्षीय थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

