काठमाडौँ। देशभर पश्चिमी वायूको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
त्यस्तै, आज राति पनि तराईका अधिकांश स्थानमा हुस्सु रहनेछ। गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

