काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग बिलय हुने गरी एकतामा नजाने निर्णय गरेको छ।
शनिबार कुलमान घिसिङको उपस्थितिमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको अस्तित्व समाप्त हुने गरी अन्य दलमा विलय नहुने स्पष्ट निर्णय गरेको हो।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार रास्वपाले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेताको भूमिकामा कुलमान घिसिङ र भावी प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव गरेको थियो। उक्त प्रस्तावबारे पार्टीका संरक्षक तथा ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङले केन्द्रीय समितिलाई ब्रिफिङ गरेका थिए।
तर प्रस्तावलाई यथास्थितिमा स्वीकार गर्न नसकिने निष्कर्ष निकाल्दै पार्टीले एकताको विषयमा थप संवाद गर्ने जिम्मेवारी अध्यक्षलाई दिने निर्णय गरेको जनाएको छ।
Previous Articleफागुन २१ को निर्वाचनका लागि मतदाता १ करोड ८९ लाख !
Next Article के बालेन प्रधानमन्त्री बन्लान् ?

