काठमाडौँ । प्रिमियम इलेक्ट्रिक स्कुटर ब्राण्ड एथरले ग्राहकलाई लक्षित गर्दै सजिलो फाइनान्स योजना सार्वजनिक गरेको छ। अब ग्राहकले आधिकारिक परिचयपत्र मात्रको आधारमा एथरको इलेक्ट्रिक स्कुटर खरिद गर्न सक्नेछन्।
कम्पनीका अनुसार मासिक न्युनतम ६ हजार ५८ रुपैयाँ किस्तामा एथरको स्कुटर आफ्नो बनाउन सकिनेछ। कुनै पनि अतिरिक्त कागजात आवश्यक नपर्ने यस योजनाले इलेक्ट्रिक सवारी साधन खरिदमा देखिँदै आएको झन्झट हटाउने विश्वास लिइएको छ।
एथरले यो योजनामार्फत स्मार्ट र दिगो मोबिलिटीलाई देशभर प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। हाल एथरले काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, पोखरा, इटहरी र बुटवल आठ स्थानमा ‘एथर एक्सपेरियन्स सेन्टर’ सञ्चालन गरेको छ। काठमाडौँको बौद्धमा एक ‘टेस्ट राइड जोन’ समेत उपलब्ध छ।
त्यसैगरी, कम्पनीले आठ वटा आधिकारिक सेवा केन्द्र समेत स्थापना गरेको जनाएको छ। प्रमुख शहर तथा राजमार्ग केन्द्रित गरी २७ भन्दा बढी ‘एथर ग्रिड’ फास्ट चार्जिङ पोइन्ट सञ्चालनमा आइसकेका छन्।

