काठमाडौँ — देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
तराईका थोरै स्थानमा हुस्सु लागेको छ। मौसम पूर्वानुमान अनुसार दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो रहन सक्नेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने र अन्य क्षेत्रको मौसम प्रायः सफा रहने मौसमविद्हरूले बताएका छन्।

