काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनको मतगणना क्रममा स्वतन्त्र उम्मेदवार वैज्ञानिक डाक्टर महाविर पुनको जीत लगभग सुनिश्चित भएको छ। ४१ वटै वडाको मतगणना सकिएपछि पुनले २०,२०८ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठलाई १२,६८४ मतले पछि पार्नुभएको छ।
पुनको गृहपालिका अन्नपूर्ण गाउँपालिका का ५, ६, ७ र ८ वडामा मात्र ३,९०६ मत बाँकी रहे पनि मतान्तरले विजयीको सम्भावना स्पष्ट देखिएको छ।
हालसम्मका अन्य उम्मेदवारका मत यस्ता छन्:
हरिकृष्ण श्रेष्ठ (नेकपा एमाले) – ७,५२४ मत
कर्णबहादुर भण्डारी (नेपाली कांग्रेस) – ६,२७५ मत
अर्जुन थापा (नेपाली कम्युनिष्ट पार्टी) – ३,४१२ मत
बिहीबारको मतदानमा म्याग्दीका ८६,३९७ मतदातामध्ये ४६,२१५ मत खसेको थियो। मतगणनामा कुल ४२,४४५ मत गणना भइसकेको छ।
यसैसँगै स्वतन्त्र उम्मेदवार महाविर पुनले म्याग्दीबाट प्रतिनिधिसभामा प्रवेश गर्ने संकेत स्पष्ट भएको छ। पुनको जित प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२को स्वतन्त्र उम्मेदवारको पहिलो जित हुने छ ।

