काठमाण्डौ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को लामो समयदेखिको प्रभाव तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रन्जित विजयी भएका छन्।
उनले निकटतम प्रतिस्पर्धी नेमकिपाका प्रेम सुवाललाई ५ हजारभन्दा बढी मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन्।
निर्वाचन परिणामअनुसार रन्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दा सुवालले २८ हजार १४७ मत पाएका छन्।
त्यस्तै नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत पाएका छन्।
रास्वपाका रन्जितको जितसँगै भक्तपुर–१ मा नेमकिपाको लामो समयदेखिको चुनावी पकड कमजोर बनेको देखिएको छ।

