सरकारले सातै प्रदेशमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूको सरुवा गरेको छ। आइतबार गृहमन्त्रीस्तरमा बसेको बैठकको निर्णयअनुसार सात जना डीआईजीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका डीआईजी ईश्वर कार्कीलाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर खटाइएको छ। त्यस्तै, उमा प्रसाद चतुर्वेदीलाई मधेश प्रदेश, अरुण पौडेललाई बागमती प्रदेश र दिनेश कुमार आचार्यलाई गण्डकी प्रदेशमा सरुवा गरिएको छ।
यसैगरी, राजेन्द्र प्रसाद भट्टलाई लुम्बिनी प्रदेश, डम्बर बहादुर बिकलाई सुदूरपश्चिम प्रदेश र गोबिन्द थपलियालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा खटाइएको प्रहरी प्रधान कार्यालयले सूचनामार्फत जानकारी दिएको छ।
प्रहरी स्रोतका अनुसार लुम्बिनी प्रदेशमा बढुवा हुने डीआईजी पठाउनका लागि अहिले सरुवा नगरेको जनाइएको छ।

