काठमाण्डौ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाले बिहिबार राति बस बगाएको छ। काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस गए राति बाढीले बगाएको हो ।
इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको वेला एक्कासी आएको बाढीले बस बगाएको बताए।
‘नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगाएको हो’, प्रहरी निरीक्षक तिमिल्सेनाले भने, ‘तत्काल एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ।’
प्रहरीका अनुसार बसमा बालबालिकासहित ३८ यात्रु थिए। बाढीले बसलाई करिब एक किलोमिटर तल पुर्याएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालले बताए।

