काठमाण्डौ । अमेरिकाको न्युयोर्क सहरमा अन्धाधुन्द गोली चलेको छ । गोली लागी कम्तीमा एक जनाको मृत्यु भएको छ भने तीन व्यक्ति घाइते भएका छन्।
न्युयोर्कको म्यानहट्टनस्थित एक भवनमा यो घटना भएको हो। प्रहरीका अनुसार गोली हान्ने व्यक्ति एक जना मात्र भएको जनाईएको छ ।
सीबीएस न्युजका अनुसार आक्रमणकारी पनि आफैँलाई गोली हानेर मरेका छन्।
ती व्यक्तिले को हुन् , किन अन्धाधुन्द यसरी गोली चलाए ? प्रहरीले केही बताएको छैन भने प्रहरीले उनको मृत्यु कसरी भयो भन्ने विषयमा अहिलेसम्म केही तथ्य समेत भेटाएको छैन।
यो घटनापछि त्यस क्षेत्रका सबै रेल रोकिएका छन्। चौबाटो वरपरका चारवटा ब्लक पनि सर्वसाधारणका लागि हिडडुलका लागि बन्द गरिएका छन्।

