काठमाण्डौ। होन्डाको लोकप्रिय स्कुटर डिओ १२५ ले उपल्लो डोल्पाको ज्याङला पाससम्म सफलतापूर्वक साहसिक यात्रा पूरा गरेको छ। समुद्र सतहबाट ५,३०० मिटरको उचाइमा रहेको यो पाससम्म पुगेर डिओ १२५ ले नेपाली मोटर यात्रामा एउटा नयाँ कीर्तिमान कायम गरेको हो।
स्याकार ट्रेडिङ कम्पनीको सहकार्यमा नेपाल एट्ट वन्डर टोलीले सम्पन्न गरेको यो यात्राले सहरी क्षेत्रका लागि बनेको स्कुटरले पनि कठिन हिमाली भूभागमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने प्रमाणित गरेको छ।
चुनौतीपूर्ण यात्रा र प्राविधिक उत्कृष्टता
काठमाडौँबाट सुरु भएको यो यात्रा जोमसोम, भेरोल र धो तराप हुँदै ज्याङला पाससम्म पुगेको थियो। बाटोमा निरन्तरको उकालो, ढुङ्गाले भरिएका बाटा, खोला र नदीहरू पार गर्नुपरेको थियो। साथै, अक्सिजनको कमीजस्ता चुनौतीको सामना गर्दा पनि डिओ १२५ ले कुनै ठूलो प्राविधिक समस्याबिना नै यो यात्रा पूरा गरेको कम्पनीले जनाएको छ।
यो सफलता स्कुटरमा रहेको १२३.९२ सिसी बीएस सिक्स इन्जिन, इन्ह्यान्स्ड स्मार्ट पावर (इएसपी), साइलेन्ट स्टार्ट विथ एसिजी, आइड्लिङ प्रणाली र कम्बाइन्ड ब्रेकिङ सिस्टम (सिबिएस) जस्ता अत्याधुनिक प्रविधिहरूको परिणाम भएको बताइएको छ।
साथै, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, तीन चरणमा मिलाउन मिल्ने रियर सस्पेन्सन, डिजिटल मिटर, युएसबी चार्जिङ पोर्ट र पर्याप्त बुट स्पेसजस्ता विशेषताहरूले लामो र कष्टकर यात्रालाई सहज बनाएको नेपाल एट्ट वन्डरले बताएको छ।
होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले उपलब्धिलाई नेपाली भूगोल, साहस र होन्डाको विश्वसनीय इन्जिनियरिङको अद्भुत मिश्रणका रूपमा लिएको छ।
कम्पनीले भविष्यमा पनि नेपाली सडक र मौसम सुहाउँदो उच्च गुणस्तरीय सवारी साधन उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाएको छ।

