काठमाडौँ। सामसङ नेपालले नेपालमा आफ्नो नयाँ पुस्ताको स्मार्टवाच ग्यालेक्सी वाच ८ सिरिज सार्वजनिक गरेको छ। यो सिरिजले दैनिक जीवनलाई अझ सहज बनाउन, स्वास्थ्यको निगरानी गर्न र स्मार्ट प्रविधिलाई एउटै घडीमा समेटेको छ।
यसलाई दिनभर लगाउन मिल्ने र व्यक्तिगत स्वास्थ्यको सहयोगीको रूपमा डिजाइन गरिएको छ।
स्मार्टवाचमा स्वास्थ्य र प्रविधिको समायोजन
ग्यालेक्सी वाच ८ सिरिज पहिलेभन्दा पातलो र आकर्षक डिजाइनमा आएको छ। यसको ब्राइट स्क्रिन र अपग्रेड गरिएको बायोएक्टिभ सेन्सरले स्वास्थ्यसम्बन्धी जानकारी अझै सटीक तरिकाले दिन्छ।
के छ स्मार्टवाचका मुख्य विशेषता ?
निद्रा परामर्श: यसले तपाईंको निद्रा चक्र (Circadian Rhythm) को विश्लेषण गरेर बिहान स्फूर्ति महसुस गर्न कहिले सुत्नुपर्छ भन्ने सुझाव दिन्छ।
रनिङ कोच: दौडँदा यसले वास्तविक समयमा सुझाव दिन्छ, जसले गर्दा तपाईंको प्रदर्शनमा सुधार आउँछ।
कोरोडेनोइड लेभल जाँच: यसले तपाईंको कोरोडेनोइड लेभलको द्रुत जाँच गरेर स्वस्थ जीवनशैलीका लागि मार्गदर्शन गर्ने छ ।
जेमिनी एआईको प्रयोग र सहज डिजाइन
ग्यालेक्सी वाच ८ मा जेमिनी एआईको सुविधा पनि थपिएको छ। अब तपाईंले भ्वाइस कमान्ड दिएर घडी नियन्त्रण गर्न सक्नुहुन्छ। यसले सामसङ हेल्थ एप अपडेट गर्ने, सन्देश पठाउने वा व्यायाम सुरु गर्ने जस्ता काम हात नचलाई नै आवाजको माध्यमबाट गर्न सकिन्छ।
यसको पातलो र हलुका बनावटले गर्दा यसलाई लामो समयसम्म लगाउन सहज हुन्छ। मेटलको फ्रेम र छालालाई असर नगर्ने ब्यान्डले यसलाई आरामदायक बनाउँछ। यसको सरल डिजाइन जुनसुकै पहिरनमा पनि सुहाउने खालको छ, चाहे त्यो व्यायामको समय होस् वा कार्यालयको बैठक।
ग्यालेक्सी वाच ८ ले स्मार्टवाचको अनुभवलाई अझ व्यक्तिगत र स्वास्थ्यकेन्द्रित बनाएको छ।

