काठमाडौ: ललितपुरको कुमारीपाटीमा रहेको महालक्ष्मी विकास बैंकले एक सेवाग्राहीले धितोमा राखेको सुन बेचेको पाइएको छ।
बैंकबाट रकम निकाल्नको लागि ललितपुरको चाकुपाट बस्ने विष्णु महर्जनले २ सय ४८ ग्रामका गरगहना धितो राखी बैंकबाट १४ लाख रुपैयाँ ऋण लिएकी थिइन् ।
ऋण चुक्ता गरी धितो फिर्ता लिन जाँदा बैंकले नदिएको उनले प्रहरीमा उजुरी दिएकी छन्।
सुन गायब भएपछि उनले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएका छन्। प्रहरीले महालक्ष्मी विकास बैंकका कर्मचारी र पीडित दुवै पक्षलाई परिसरमा बोलाएर अनुसन्धान थालेको छ।
यसअघि पनि महालक्ष्मी बैंककै कर्मचारीको मिलेमतोमा ७ करोड ४८ लाख रूपैयाँ घोटाला भएको भन्दै प्रहरीमा मुद्दा परेको थियो।
प्रहरीले प्रहरीले बैकिङ कसुर मुद्दामा बैंकका कर्मचारीसहित २५ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्धा दर्ता गरेको थियो।
