१४ भदौ, काठमाडौं । युवा नेता गगन थापा नेपाली काँग्रेसकाे १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् ।
सोमबार वडा नम्बर ३० मा आयोजित क्रयाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै सो घोषणा गरेका हुन् ।
१३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए । त्यसबेला सिटौला समूहबाट उम्मेदवार बनेका उनले ५८४ मत पाएका थिए । थापा यो पटक कुन समूहबाट उम्मेदवार बन्ने अझै टुंगो लागेको छैन ।

