काठमाडौँ — नेपाल राष्ट्र बैंकले आजका लागि लागू हुने विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकद्वारा प्रकाशित सूचनाअनुसार अमेरिकी डलरदेखि खाडी मुलुकका मुद्रा तथा एशियाली मुद्रासम्मका दर नयाँ दरअनुसार अद्यावधिक गरिएको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर (USD) एकको खरिददर १४१.६४ रुपैयाँ र बिक्रीदर १४२.२४ रुपैयाँ तोकिएको छ।
युरोपियन युरो (EUR) एकको खरिददर १६३.१५ रुपैयाँ र बिक्रीदर १६३.८४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ (GBP) एकको खरिददर १८५.०७ रुपैयाँ र बिक्रीदर १८५.८६ रुपैयाँ, स्वीस फ्रयाङ्क (CHF) एकको खरिददर १७५.५० रुपैयाँ र बिक्रीदर १७६.२५ रुपैयाँ कायम गरिएको छ।
यसैगरी, अस्ट्रेलियन डलर (AUD) एकको खरिददर ९१.७६, बिक्रीदर ९२.१५, क्यानेडियन डलर (CAD) एकको खरिददर १००.७४, बिक्रीदर १०१.१७, सिङ्गापुर डलर (SGD) एकको खरिददर १०८.३४, बिक्रीदर 108.80, जापानी येन (JPY) १० को खरिददर ९ रुपैयाँ, बिक्रीदर ९.०३ रुपैयाँ, चिनियाँ युआन (CNY) एकको खरिददर १९.९१, बिक्रीदर १९.९९ छ ।
खाडी मुलुकका मुद्राहरूमा भने—साउदी रियाल (SAR): खरिददर ३७.७७, बिक्रीदर ३७.९३, कतारी रियाल (QAR): खरिददर ३८.८६, बिक्रीदर ३९.०२, युएई दिराम (AED): खरिददर ३८.५६, बिक्रीदर ३८.७३, ओमानी रियाल (OMR): खरिददर ३६७.९०, बिक्रीदर ३६९.४५, कुवेती दिनार (KWD): खरिददर ४६०.८३, बिक्रीदर ४६२.७८, बहराइन दिनार (BHD): खरिददर ३७५.७०, बिक्रीदर ३७७.२९ रहेको छ ।
अन्य एशियाली तथा युरोपेली मुद्राहरूमा—थाइ भाट (THB): खरिददर ४.३७, बिक्रीदर ४.३८, मलेसियन रिङ्गेट (MYR): खरिददर ३४.०८, बिक्रीदर ३४.२२, साउथ कोरियन वन (KRW) 100: खरिददर ९.६४, बिक्रीदर ९.६८, स्वीडिस क्रोनर (SEK): खरिददर १४.८४, बिक्रीदर १४.९०, डेनिस क्रोनर (DKK): खरिददर २१.८४, बिक्रीदर २१.९४ रहेको छ ।
राष्ट्र बैंकले भारतीय रुपैयाँ (INR) १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०.१५ रुपैयाँ कायम छ।
केन्द्रीय बैंकले विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। यद्यपि वाणिज्य बैंकहरूले तोक्ने विनिमयदरमा केही फरक–फरक हुनसक्ने तथा अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमै उपलब्ध रहनेछ।

