काठमाण्डौ । कवि टहल दहाल ‘नवकिरण’लाई मातृशोक परेको छ । नवकिरणकी ममतामयी आमा पदमकुमारी दहालको ८२ बर्षको उमेरमा निधन भएको हो ।
आन्द्रामा अल्सर भै गत आइतबार राती शल्यकृया भएको र उपचारको क्रममा ८२ बर्षको उमेरमा वीर अस्पतालमा उहाँको निधन भएको हो । शुक्रबार बिहान २:३० बजे
आमा पदमकुमारीले अन्तिम सास फेरेको र
पार्थिव शरिरको शुक्रबार बिहान नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने समेत कवि नवकिरणले बताए ।

