काठमाडौं । नेपाली कांग्रेसले आज सोमबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।
बैठक मंसिर २९ गते बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी आह्वान गरिएको हो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेशका सभापतिहरूको उपस्थिति रहने स्रोतले जनाएको छ।
नेपाली कांग्रेसले आकष्मिक बैठक किन डाक्यो भन्ने बिषयमा कुनै कारण खुलेको छैन ।

