अर्घाखाँची। भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
भूमिकास्थान नगरपालिका–१० धनचौरबाट नुवाकोटतर्फ जाँदै गरेको लु२च ५१७९ नम्बरको जिप नगरपालिका–७ छिर्लिङ खोलानजिक दुर्घटना भएको हो। दुर्घटनामा जिप चालक भूमिकास्थान–१० धनचौरका ४५ वर्षीय रुद्रबहादुर बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते सबैको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ। नगरपालिकाका अनुसार विद्यार्थीहरू शुक्रबारदेखि आयोजना गरिएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन जाँदै गर्दा दुर्घटना भएको हो।
दुर्घटनापछि प्रतियोगिताअन्तर्गत हिजोका सबै खेल स्थगित गरिएको छ।
Previous Articleविदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुन मुद्राको भाउ कति ?
Next Article डडेलधुरा आलितालमा अटो र जिप ठोक्किएर दुर्घटना

