काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेर यस अघिको रेकर्ड ब्रेक गरेको छ। साताको पहिलो कारोबार दिन आज सुनको मूल्यले अर्को ‘रेकर्ड’ बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १३ सय रुपैयाँ बढेर हालसम्मकै महँगो बनेको छ। आइतबार सुन तोलाको दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार पनि सुनको मूल्यले कीर्तिमान कायम गरेको थियो। सो दिन तोलामै १८ सय रुपैयाँ बढेर दुई लाख ६९ हजार ३०० रुपैयाँ कायम भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य तोलाको चार हजार ८३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।शुक्रबार भने चार हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो।

