काठमाडौं । नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत बुधबार चार खेल हुने भएका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने खेलहरूमा महिला र पुरुष दुवैतर्फ प्रतिस्पर्धा हुनेछ।
आजको खेल तालिकाअनुसार बिहान १० बजे महिलातर्फ नेपाल पुलिस क्लब र मधेश प्रदेश स्पोर्ट्स काउन्सिलबीच प्रतिस्पर्धा हुनेछ। त्यसपछि दिउँसो १२ बजे एभरेष्ट भलिबल क्लब र चुली युवा क्लब आमनेसामने हुनेछन्।
पुरुषतर्फ दिउँसो २ बजे बुढानिलकण्ठ भलिबल क्लब र जावलाखेल भलिबल ट्रेनिङ सेन्टरबीच पहिलो खेल हुनेछ। त्यस्तै, दिउँसो ४ बजे किर्तिपुर भलिबल ट्रेनिङ सेन्टर र कोशी प्रदेश भलिबल एशोसिएसनबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ।

