काठमाडौँ । जस्मिन पेन्ट्स लिमिटेडले चाडपर्वलाई लक्षित गर्दै गत भदौदेखि कात्तिक मसान्तसम्म सञ्चालन गरेको ग्राहक उपहार योजना ‘चाडपर्वको उमंग, जापान घुमौँ जस्मिन पेन्ट्ससँग’ अन्तर्गतको बम्पर उपहार विजेता घोषणा गरेको छ।
कम्पनीका ब्रान्ड एम्बासडर पारस खड्काको उपस्थितिमा आयोजित कार्यक्रममा लक्की ड्र कुपनमार्फत विजेताको घोषणा गरिएको हो।
कम्पनीका अनुसार बम्पर उपहारअन्तर्गत नेपालगञ्ज निवासी देवी बुढाले जापान भ्रमण गर्ने अवसर प्राप्त गरेकी छन्।
अन्य ग्राहकहरूले जस्मिन पेन्ट्सको आकर्षक उपहारहरू जितेका छन्।
७५ जनाले डिनर सेट, १०५ जनाले हिटर, १५१ जनाले आइरन र ७५० जनाले भित्ते घडी प्राप्त गरेका कम्पनीले जनाएको छ। एक हजार ८२ जना ग्राहकहरू विभिन्न उपहारबाट लाभान्वित भएको कम्पनीले जनाएको छ।
तीन महिनासम्म सञ्चालन भएको उक्त उपहार योजनामा जस्मिन पेन्ट्सका उत्पादन खरिद गर्ने नेपालभरका दुई हजार ६४७ भन्दा बढी ग्राहकहरू सहभागी भएका थिए। ७५ हजार रुपैयाँ बराबरको जस्मिन पेन्ट्सका उत्पादन खरिद गर्ने ग्राहकलाई एउटा बम्पर कुपन प्रदान गरिएको थियो।
ग्राहकहरूको उत्साहजनक सहभागिताका कारण योजना सफल भएको र यसले कम्पनीको व्यावसायिक वृद्धिमा समेत सहयोग पुगेको कम्पनीका कन्ट्री म्यानेजर डिल्ली राम पौडेलले बताए।

