काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गतको समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने निर्णय गरेको छ।
रास्वपाको पार्टी सचिवालयले बुधबार सूचना जारी गर्दै आयोगमा पेस गरिएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा देखिएका त्रुटिहरू सच्याइने जानकारी दिएको हो। आयोगमा बुझाइएको बन्दसूचीप्रति पार्टीभित्रै असन्तुष्टि बढेपछि सूची संशोधन गर्ने निर्णय गरिएको जनाइएको छ।
जारी सूचनामा भनिएको छ, ‘समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारण यस प्रक्रियामा केही कमीकमजोरी देखिन गएको हुन सक्छ। निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र ती त्रुटिहरू सच्याइनेछन्।’
पार्टीले बन्दसूचीमा सुधारका लागि पुस १७ गते बिहान १० बजेसम्म यथोचित सुझाव प्रदेश सभापतिमार्फत वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन आग्रह गरेको छ।
रास्वपाद्वारा जारी सूचना


