काठमाडौँ । अनसनरत डा. निकोलस भुसाल र हरिश विष्टसँग सरकारले ६ बुँदे सम्झौता गरेको छ । सम्झौता सँगै उनीहरूको ११ दिन लामो अनसन शनिबार टुंगिएको छ।
सरकार, डा निकोलस भुसाल र हरिश बिष्टबीच सम्झौता भएपछि प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा दुवैजनालाई जुस खुवाएर अनसन तोडाएकी हुन्।
सहमतिपत्रमा अनसनरत डा. भुसाल र विष्टका साथै सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेका छन्।
लामो समयदेखि जारी अनसन सहमतिमा टुंगिएसँगै सरकार र आन्दोलनरत पक्षबीच संवादमार्फत समस्या समाधान भएको छ।

