काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि एक्लै चुनावी मैदानमा होमिएको छ । नेकपाले बुधबार आफ्ना १७ उम्मेदवारहरू टुंगो लगाएको छ। नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनसँग सहमति नजुटेपछि नेकपा एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको हो।
नेकपाले सबै प्रदेशका रिक्त सिटमा उम्मेदवार चयन गरेको छ। यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार मात्रै उम्मेदवारहरूको मनोनयन भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीबाट प्रदेशगत उम्मेदवार सूची
कोशी प्रदेश
खेमराज सुन्दास
हेमराज घिमिरे
नमिता न्यौपाने
मधेस प्रदेश
रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान
समिकुमारी अग्रवाल
बागमती प्रदेश
प्रेमप्रसाद सापकोटा
सरोजकुमारी झा
गण्डकी प्रदेश
कपिल लामा
लुम्बिनी प्रदेश
दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक
कर्णाली प्रदेश
बुद्धिप्रसाद शर्मा
अन्जु महतरा
सुदूरपश्चिम प्रदेश
टीकाराम जैसी
रोजी बस्नेत सुनार

