काठमाडौँ। नेपाल प्रहरीले १० जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ।
बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा नेपाल प्रहरी विशेष सुरक्षा गण, कञ्चनपुरमा कार्यरत एसपी रामप्रकाश शाह रहेका छन्। त्यसपछि क्रमशः भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश प्रसाद काफ्ले र श्याम सिंह चौधरी पनि बढुवामा सिफारिस भएका छन्।
नकुल पोखरेल, दिलीप घिमिरे, पदमबहादुर विष्ट र यागेन्द्र सिंह थापा समेत दस एसएसपी बढुवाको सिफारिस सूचीमा समावेश छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत एसपी सुवाचन्द्र बोहरा बढुवाका लागि सिफारिस भएको सूूूूूचिमा दशौँ नम्बरमा छन्।
नेपाल प्रहरीको बढुवा समितिको सिफारिसअनुसार निर्णय प्रक्रिया अघि बढ्ने व्यवस्था छ।
बढुवा समिति सचिवालयको सूचि


