काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ। केही समयदेखि अस्वस्थ रहँदै आएका ८४ वर्षीय दाहालको शुक्रबार साँझ काठमाडौंस्थित वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
स्वर्गीय दाहालको पार्थिव शरीर शनिबार बिहान ९ बजेसम्म निजी निवास मैतीदेवीमा श्रद्धाञ्जलीका लागि राखिने पारिवारिक श्रोतले जनाएको छ । शनिबार नै बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्येष्टि गरिने वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले जानकारी दिएका छन् ।
दाहालका श्रीमती र दुई छोरा छन्।
होमनाथ दहालकी धर्मपत्नी सुधा दाहाल हाल वीर अस्पतालमै उपचाररत रहेको जनाइएको छ।

