काठमाण्डौ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको तालमेल कायम रहने जनाएको छ। राश्ट्रिय सभा निर्वाचनमा गरिएको तालमेल कायम रहने बताएको हो ।
यद्यपि कांग्रेसको विशेष महाधिवेशनले भविष्यमा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको थियो, तर प्रवक्ता देवराज चालिसेले निर्वाचन प्रक्रियामा गइसकेका सहमतिहरू असान्दर्भिक नहुने स्पष्ट पारे।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको सहमतिअनुसार तीन दलले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्।

