काठमाडौं । भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनबारे छानबिन गरिरहेको आयोगको म्याद २५ दिन थप गरिएको छ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद तेस्रो पटक थप गर्ने निर्णय गरेको हो।
यसअघि दोस्रो पटक थप गरिएको आयोगको म्याद माघ २८ गते (बुधबार) सकिँदै थियो।
आयोगको म्याद पुनः थप गर्ने निर्णय भएको जानकारी नेपाल सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले दिएका छन्।

