डडेल्धुरा । नेकपा (एमाले) डडेल्धुरा जिल्ला कमिटीका सदस्य विक्रम ऐर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सोमबार अजयमेरु गाउँपालिकाको चमडास्थित कांग्रेस कार्यालयमा आयोजित कार्यक्रममा ऐरको नेतृत्वमा विभिन्न पार्टी छाडेर ३० जना कांग्रेसमा प्रवेश गरेका हुन्।
ऐरले आफू नेपाली कांग्रेसमा प्रवेश गरेर प्रतिनिधि सभा सदस्य उम्मेदवार नैनसिंह महरलाई सहयोग गर्न लागेको बताए। कार्यक्रममा महरले नव प्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए।
वर्तमान निर्वाचनमा डडेल्धुरा क्षेत्रबाट कांग्रेस तर्फ महर प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्।

