झापा । बिर्तामोडमा करेन्ट लागेर २८ वर्षीय युवकको मृत्यु भएको छ। गएराति बिर्तामोड नगरपालिका–२, चारपाने लालमाटीस्थित ओमकार रेडिमेडन्स कङ्क्रिट प्रालिमा कार्यरत राजिब राजबंशीको करेन्ट लागेर मृत्यु भएको हो।
स्थानीय शिवसताक्षी नगरपालिका–४ का बासिन्दा राजबंशी मिक्चर मेसिन सफा गर्ने क्रममा करेन्ट सट हुँदा गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

