काठमाडौं । संविधान सभा सदस्य एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता केदारनन्दन चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
अचलगढ, बलरा नगरपालिका–९मा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले उनलाई शनिबार पार्टी प्रवेश गराएका हुन्।
उनीसँगै जसपा नेपालका नेता मनिष कुमार मिश्र पनि कांग्रेसमा प्रवेश गरेका छन्।
जसपा नेतृ विणा सिन्हा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट गाउँपालिकाका अध्यक्षका प्रत्याशी अरविन्द कुमार सिंह, लोसपाका क्षेत्र नं. ४ का क्षेत्रीय उपाध्यक्ष वीरेन्द्र प्रसाद यादव र ४ ‘ख’ का अध्यक्ष नवल कुमार सिंह लगायत नेता–कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरेको थापाको सचिवालयले जनाएको छ।

