काठमाण्डौ । बेलायतका पूर्व राजकुमार प्रिन्स एन्ड्यूलाई सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ।
उनी बेलायतका राजा किङ चार्ल्सका भाइ हुन्।
प्रहरीका अनुसार यौन अपराधी जेफ्री एस्टिनसँग गोप्य जानकारी साझा गरेको आशंकामा उजुरी दर्ता भएपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानकै क्रममा उनलाई पक्राउ गरिएको बताइएको छ।
बेलायतको थेम्स भ्याली प्रहरीले उजुरीको आधारमा छानबिन जारी रहेको जनाएको छ। प्रिन्स एन्ड्रयुले भने आफूले कुनै पनि गलत काम नगरेको भन्दै आरोप अस्वीकार गर्दै आएका छन्।
उनको राजकुमार उपाधि गत वर्ष नै खोसिएको थियो। उपाधि गुमेपछि उनले विन्डसरस्थित रोयल लज छोडेका थिए र पछिल्लो समय स्यान्ड्रिङ्घम क्षेत्रमा बस्दै आएका थिए।
प्रहरीले उनलाई कहाँबाट पक्राउ गरिएको हो भन्ने खुलाएको छैन। तर आज बिहान नोरफोकको स्यान्ड्रिङ्घम क्षेत्रमा असामान्य सुरक्षा गतिविधि देखिएको बताइएको छ।
बीबीसीका अनुसार उनीमाथि सार्वजनिक पदको दुरुपयोगसम्बन्धी आरोपमा कारबाही अघि बढाइएको हो।
पूर्व राजकुमार पक्राउ परेको यो पहिलो घटना हो ।

