लुम्बिनी – प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनीस्थित विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरूको अवलोकन गर्नुभएको छ।
उहाँले मायादेवी मन्दिर, थाइल्याण्ड सरकारले निर्माण गरेको गुम्बा, सङ्ग्रहालय, बज्रयान मन्दिर तथा विश्वशान्ति स्तुपको अवलोकन गर्नुभएको हो।
निर्वाचन तयारीबारे सम्बद्ध निकायसँग जानकारी लिने क्रममा रुपन्देही भ्रमणपछि प्रधानमन्त्री लुम्बिनी पुग्नुभएको हो।
प्रधानमन्त्रीलाई शनिबार लुम्बिनी विकास कोषका सदस्य–सचिव दीपक श्रेष्ठलगायत पदाधिकारीले स्वागत गर्दै लुम्बिनीको गुरुयोजना र कोषका गतिविधिबारे जानकारी गराउनु भएको थियो ।

