काठमाडौं । देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा प्रारम्भिक परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बलियो अग्रता लिएको देखिएको छ। हालसम्म ४१ निर्वाचन क्षेत्रमा मतगणना भइरहेकोमध्ये ३४ स्थानमा रास्वपाका उम्मेदवार अघि देखिएका छन्।
प्रारम्भिक मतपरिणामअनुसार नेकपा एमाले ५, नेपाली कांग्रेस ३ र अन्य १ क्षेत्रमा अग्रता कायम गरेका छन्।
राजधानी काठमाडौंका अधिकांश क्षेत्रमा रास्वपाका उम्मेदवारले अग्रता लिएका छन्। काठमाडौं–१ मा रञ्जु दर्शना, काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ र काठमाडौं–१० मा प्रदीप विष्ट अग्रस्थानमा रहेका छन्।
त्यसैगरी भक्तपुर–१ मा रुकेश रञ्जितले नेमकिपाका प्रेम सुवाललाई पछि पार्दै अग्रता लिएका छन् भने भक्तपुर–२ मा रास्वपाका राजीव खत्री अघि देखिएका छन्।
मोरङमा पनि रास्वपाले राम्रो प्रदर्शन गरेको देखिएको छ। मोरङ–१ मा यज्ञमणि न्यौपाने, मोरङ–४ मा सन्तोष राजवंशी र मोरङ–५ मा आशा झा अग्रस्थानमा छन्।
त्यस्तै कास्की–१ मा खडकराज पौडेल, कास्की–२ मा उत्तम पौडेल र कास्की–३ मा बिना गुरुङ अघि छन्। रुपन्देही–२ मा सुलभ खरेल, बाँके–१ मा सुरेशकुमार चौधरी र कञ्चनपुर–२ मा दीपकराज बोहरा अग्रस्थानमा देखिएका छन्।
मधेश प्रदेशतर्फ धनुषा–३ मा मनिष झा, रौतहट–४ मा गणेश पौडेल र बारा–३ मा अरविन्द शाह अग्रता लिइरहेका छन्। त्यसैगरी ललितपुर–२ मा जगदीश खरेल र चितवन–३ मा सोविता गौतम पनि अघि देखिएका छन्।
मतगणना प्रारम्भिक चरणमै रहेकाले परिणाममा थप उतारचढाव आउन सक्ने निर्वाचन अधिकारीहरूले अनुमान छ ।
तस्विर: Ai

