काठमाडौं । कालीकोटमा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनाको प्रारम्भिक परिणाममा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाही अग्रस्थानमा देखिएका छन्।
हालसम्मको गणनाअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाही ले १ हजार ६७ मत प्राप्त गर्दै पछ्याइरहेका छन्।
यसैगरी नेपाली कांग्रेसका हर्षबहादुर बम ले ९१४ मत पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवार खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले ३५२ मत प्राप्त गरेका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश न्यौपानेले १३४ मत ल्याएका छन्।
मतगणना प्रारम्भिक भएकाले आगामी परिणाममा थप उतारचढाव आउन सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।

