काठमाडौं । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित १८ जनामध्ये १८ जना सदस्यलाई आज आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शपथ गराएका हुन्।
नेपालको संविधानअनुसार ५९ सदस्यीय राष्ट्रियसभामा सदस्यको पदावधि छ वर्षको हुने व्यवस्था छ। साथै, प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको कार्यकाल समाप्त हुने संवैधानिक प्रावधान रहेको छ।
सोही व्यवस्था अनुसार हाल रिक्त भएका स्थानमा नयाँ सदस्य निर्वाचित भएका हुन्। १९ सदस्य मध्य बाँकी एक रिक्त सदस्य राष्ट्रपतिले नियुक्त गर्ने छन् ।

