सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई नियुक्ति गरिएको छ । उनी पूर्व गृह मन्त्री रामबहादुर थापा बादलकी धर्मपत्नी हुन् । ञ्चार तथा सूचना प्रविधि मन्त्री रहनु भएकी थापालाई सरकारको प्रवक्तामा नियुक्त गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दिए ।
मन्त्रिपरिषदले पूर्णता पाइसकेको छ । नवनियुक्त मन्त्रीहरु सबैलाई जिम्मेवारी दिएको छ । रक्षा मन्त्रालयचाहिँ प्रधानमन्त्री आफैंले राखेका छन्।

