काठमाडौं, जेठ २८ गते । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आज शुक्रबार २ बजेका लागि राखिएको समसामयिक राजनीतिक विषयको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार प्रधानमन्त्री ओलीलाई सभामुखको तर्फबाट कुनै औपचारिक पत्र र बैठकबारे जानकारी नआएकाले बैठकमा सहभागी नहुने जनाइएको हो । विभिन्न मिडियाबाट बैठकको समाचारबारे जानकारी प्राप्त भएपनि आधिकारिक पत्र प्राप्त भइनसकेको हो ।
सभामुख सापकोटाले वर्तमान समसामयिक विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व रहेका दलका शीर्ष नेता, पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेका छन् । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक हुने बताइएको छ ।

