काठमाडौं । प्रगतिशील लेखक संघ नेपाल कैलालीको छैटौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट दीर्घराज अधिकारीको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति चयन भएको छ ।
सम्मेलनले कार्यसमितिको उपाध्यक्षमा बसन्ती साउँद, सचिवमा खेमराज बडु, सह सचिवमा मिना बुढा, कोषाध्यक्षमा दशरथसिंह धामीलाई चयन गरेको छ ।
संघको कार्यसमिति सदस्यमा अम्बिका भण्डारी, टंक अवस्थी, लक्ष्मी जोशी, गणेशप्रसाद रेग्मी, उर्मिला न्यौपाने, हिमांसी शाह, सरस्वती वड, करन बिके, प्रकाश खत्री र कोपिला अवस्थी रहेका छन् ।
यहि फागुन १० गते शनिबार सम्पन्न सम्मेलनले नयाँ कार्यसमिति निर्माण गरेको हो ।
नेकपा ( माओवादी केन्द्र ) प्रदेश कार्यालयकाे सभाहलमा प्रलेस कैलालीका संयाेजक ओमप्रकाश पुनको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको हो । सचिव तेजराज कापडी (रियल एनालाइसिस)ले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यसमिति सदस्य काेपिला अवस्थीले अतिथी एवम् सहभागीलाई स्वागत गरेकी थिइन् ।
सुदुर पश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री त्रिलाेचन भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा अतिथि तथा बिशिस्ट अतिथिकाे रुपमा, प्रलेसका केन्द्रीय सदस्य तिलकबहादुर सिंह, नेकपा ( माओवादी केन्द्र ) का केन्द्रीय सदस्य तथा संघका पूर्व केन्द्रीय सचिवालय सदस्य लक्षिराम आचार्य, पूर्व केन्द्रीय सचिव बाबुराम आचार्य, माओवादी केन्द्रका सुदूर पश्चिम प्रदेश उपाध्यक्ष एवम् पुर्चाैडी नगरपालिका पूर्वमेयर रणबहादुर कुँवर, सुदुर पश्चिम साहित्य समाजका महासचिव गणेश नेपाली , राष्ट्रिय जनमाेर्चाका कैलाली अध्यक्ष जगत जाेशी, साहित्यकार जयदेव जाेशी दार्चुले, नेकपा ( माओवादी केन्द्र ) सुदुर पश्चिम प्रदेश कार्यालय सचिव उद्धव भट्टराई, ट्रेड युनियन महासंघ सुदूर पश्चिम अध्यक्ष एच पि न्यौपाने, पत्रकार भवानी ऐर, प्रलेस सुदुर पश्चिम उपाध्यक्ष काेपिला शर्मा, सचिव सृजन श्री, एरिष्टाे बाेडिङ स्कुलकी प्रवन्ध निर्देशक शान्ति अधिकारी, साहित्यकार गणेश रेग्मी , फाल्गुना दाहाल, दिपक सिंह लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा स्रष्टाहरु प्रकाश खत्री , रबिन्द्र राेकाय, किशन बाेहरा, हिमांशी शाह लगायतले आफ्ना रचना वाचन गरेका थिए ।
बन्द सत्रमा बाबुराम आचार्य, सृजन श्री र फाल्गुना दाहाल सहितको अध्यक्षमण्डल गठन पश्चात् सम्पन्न भएको सम्मेलनले दीर्घराज अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्माण गरेको नवनिर्वाचित अध्यक्ष अधिकारीले टपटेन खबरसित बताए ।
नवनिर्वाचित कमिटीलाई प्रमुख अतिथि त्रिलाेचन भट्टले प्रमाण-पत्र प्रदान गरेका थिए भने सपथ ग्रहण बाबुराम आचार्यले गराएका थिए ।
सम्मेलनले ओमप्रकाश पुन, जयदेव जाेशी, जगत जाेशी, दिपक सिंह एवम् फाल्गुना दाहाल लगायतको सल्लाहकार समिति पनि गठन गरेको छ ।

