काठमाडौं जेठ, ५ । सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि भाउ प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ स्थिर छ । प्रतितोला १९४५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

