काठमाडौँ । नेपाल प्रहरीको ५ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजी पदमा बढुवा गर्न सिफारिस गरेको हो।
एसएसपी भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले प्रहरी नायव महानिरिक्षकको लागि सिफारिस भएको गृहमन्त्रालयले जनाएको छ।
बढुवामा सिफारिस भएका सबै प्रहरी अधिकृतहरू २०५६ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्।

