काठमाडौँ । नेपालको जीवन बीमा क्षेत्रको अग्रणी संस्था हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एचएलआईएल) मा नयाँ नेतृत्व तय भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले कपिल कुमार दाहाललाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ।
यसअघि कम्पनीका सीईओ रहेका मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएका थिए। दाहालले पहिले नै निमित्त (अस्थायी) सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनलाई पहिले कम्पनीको डिप्युटी सीईओ पदबाट सक्रिय नेतृत्वको भूमिका थियो।
नवनियुक्त सिइओ कपिल कुमार दाहाल वाणिज्य स्नातक तथा चार्टर्ड एकाउन्टेन्ट हुन्। दाहालसँग बीमा तथा वित्तीय क्षेत्रसँग सम्बन्धित १५ वर्षभन्दा बढी अनुभव छ।
दाहाल पाइपलाइन मर्जर पश्चात् एचएलआईएलको व्यवस्थापन टीम सदस्यसमेत रहिसकेका छन्।

