काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सातवटै प्रदेशमा एकताको सन्देश दिन “सन्देश सभा” आयोजना गर्ने भएको छ। आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पूर्वपदाधिकारीहरूको बैठकपछि नेता वामदेव गौतमले पार्टीले देशव्यापी परिचालनमार्फत राजनीतिक एकता र समाजवादी रूपान्तरणको सन्देश जनतासमक्ष पुर्याउने निर्णय गरेको जानकारी दिए।
गौतमका अनुसार सभाको ठोस मिति भने पछि तय गरिनेछ।
गौतमले संविधानले निर्देशित गरेको समाजवादी आर्थिक–राजनीतिक संरचना निर्माण गर्ने लक्ष्यसहित पार्टीले अब देशको विद्यमान समस्याको समाधानतर्फ ठोस अभियान अघि बढाउने दाबी गरे। उनले सातै प्रदेशमा आयोजित सभामार्फत पार्टीले “समाजवाद निर्माणको जिम्मेवारी स्वीकार गर्दै ठूलो परिवर्तन ल्याउने” सन्देश जनतामा पु¥याइने बताए।
गौतमले आन्तरिक रोजगारीको अवसर सिर्जना गर्दै मुलुकको आर्थिक अवस्था सुधार्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वदेशमै आय–अवसर विस्तार गर्न पार्टीले सरकार र राज्य संयन्त्रसँग मिलेर काम गर्ने बताए।
नेता गौतमले भन्व, ‘नेकपाको आगामी प्रदेशसभा अभियानले संगठनगत एकता, वैचारिक स्पष्टता र आर्थिक रूपान्तरणको रोडम्यापलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउनेछ ।’

