काठमाडौँ — दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा समेत देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीको प्रभाव मुख्यतः मधेस र वाग्मती प्रदेशमा सीमित रहनेछ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। त्यसभन्दा बाहेकका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
काठमाडौँ उपत्यकामा आज बिहान ६ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको थियो। दिउँसो उपत्यकाको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान छ।

