काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलरलगायत अधिकांश मुद्राहरूको दर स्थिर रहँदा केहीमा भने उतार–चढाव देखिएको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ।
युरोपेली मुद्राहरूमा युरो एकको खरिददर १६७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा,
त्यसैगरी युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९२ रुपैयाँ २३ पैसा तोकिएको छ।
स्विस फ्र्याङ्क एकको खरिददर १७९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८० रुपैयाँ ७१ पैसा छ।
एशियाली मुद्रातर्फ जापानी येन १० को खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३९ पैसा र बिक्रीदर २० रुपैयाँ ४७ पैसा, साउदी रियाल एकको खरिददर ३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६८ पैसा कायम गरिएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ २९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ २५ पैसा र बिक्रीदर १११ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ।
गल्फ मुलुकतर्फ युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३७ पैसा, कुवेती दिनार एकको खरिददर ४६९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४७१ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५७ पैसा, ओमानी रियाल एकको खरिददर ३७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ।
यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले विनिमय दर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन हुन सक्ने उल्लेख गर्दै अद्यावधिक दर बैंकको वेबसाइटमार्फत उपलब्ध हुने जनाएको छ। वाणिज्य बैंकहरूले भने आफ्ना दरहरू केही भिन्न राख्न सक्ने छन्।

