ललितपुर । कान्ति राजमार्गअन्तर्गत ललितपुरको एकान्तकुना क्षेत्रमा भइरहेको सडक विस्तार तथा कटिङ कार्यका कारण सो खण्ड ६० दिनका लागि आंशिक रूपमा बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधबार जारी गरेको सार्वजनिक सूचनामा मङ्सिर २० गतेदेखि आगामी ६० दिनसम्म बिहान ११ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सडक आवागमन पूर्णरूपमा रोकिने उल्लेख गरिएको छ।
प्रशासनका अनुसार प्राविधिक कार्य छिटो र प्रभावकारी ढङ्गले सम्पन्न गर्न उक्त अवधि आवश्यक भएको हो।
सडक बन्द रहने समयावधिमा कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधन तथा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

