काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आसन्न १५औँ महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार हुने औपचारिक घोषणा गरेका छन्।
हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा अन्तरवार्ता दिँदै थापाले महाधिवेशनबाट नै कांग्रेस नेतृत्वको सम्भावना आफूले देखेको बताए।
“म १५औँ महाधिवेशनको सभापति पदको उम्मेदवार हो। कांग्रेसका बहुसंख्यक साथीहरूले मलाई नेतृत्वको जिम्मेवारी दिनुहुन्छ भन्ने गहिरो विश्वास छ,” उनले भने।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २९ गतेसम्म काठमाडौंमा हुने छ।

