काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार पासाङ शेर्पाको उम्मेदवारी खारेज गरिएको छ।
बहुविवाह मुद्दामा अदालतबाट दोषी ठहर भएको तथ्य सार्वजनिक भएपछि एमालेको निर्वाचन आयोगले मापदण्डविपरीत ठहर गर्दै उनको उम्मेदवारी खारेज गरेको हो।
शेर्पालाई बहुविवाह मुद्दामा अदालतले एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उनले कैदबापत दिनको ३०० रुपैयाँका दरले कुल १ लाख ९ हजार ५०० रुपैयाँ बुझाएर कैद सजाय भुक्तान गरी रिहा भएका थिए।
उनलाई प्रहरीले गत कात्तिक १८ गते पक्राउ गरेको थियो। उक्त घटनापछि पार्टीको निर्वाचन आयोगले उम्मेदवारी मापदण्डअनुसार अयोग्य ठहर गर्दै उम्मेदवारी खारेज गरेको जनाएको छ।

