काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनको मतदानको समय फेरि सरेको छ।
एमालेको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन तालिकामा संशोधन गर्दै आज साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदानको समय तोकेको छ। यसअघि मतदान दिउँसो ४ बजेदेखि हुने गरी तालिका निर्धारण गरिएको थियो।
महाधिवेशनमा मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ। कुल ८० वटा विद्युतीय मेसिनमार्फत मतदान गरिने निर्वाचन आयोगले जनाएको छ।
करिब ६ सय उम्मेदवार रहेकाले एक जना महाधिवेशन प्रतिनिधिले मतदान गर्न ३० देखि ४० मिनेटसम्म समय लाग्ने अनुमान गरिएको छ।
एमाले महाधिवेशनमा कुल २ हजार ६ सय ६२ जना प्रतिनिधि सहभागी छन्। मतदान सम्पन्न भएपछि मतगणना चाँडै सुरु गरिने निर्वाचन आयोगले जनाएको छ।

