काठमाडौँ। हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशको तराई र उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
त्यसैगरी, आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
Previous Articleमधेश प्रदेशका मुख्यमन्त्रीलाई एकलौटी विश्वासको मत !
Next Article रास्वपाका सभापति लामिछाने धरौटीमा रिहा

